२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पं नवराज शारदा स्मृति समाजद्धारा १० लाखको अक्षयकोष स्थापना


182
Shares

काठमाडौं । पं नवराज शारदा स्मृति समाजले १० लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ ।

पं नवराज पौडेलको १०२ औं जन्मजयन्तीको अवसर पारेर परिवारका सदस्यले स्थापना गरेको यस कोषमार्फत साधन श्रोत र क्षमता अनुसार समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अग्रजको सम्मान गर्ने रहेको बताइएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष निर्मलराज पौडेलले कोषमार्फत् आर्थिक अभावमा शिक्षाबाट विमुख भएका समाजका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि मद्दत गर्ने लक्ष्य पनि राखिएको बताउनुभयो ।

कार्यक्रममा पं नवराज पौडेललको व्यक्तित्व तथा उहाँका योगदानबारे विभिन्न व्यक्तिहरुले चर्चा गर्नुभएको थियो ।