२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


0
Shares

खस्यौली, बैशाख ५ । पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना–४ मुर्गिया निवासी २७ वर्षीय सागर थापा मगरको  मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।

मोटरसाइकल नियन्त्रण हुन नसक्दा दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस