Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित


3k
Shares

काठमाडौं । सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेकाले आन्तरिक हवाई उडानहरू प्रभावित भएका हुन् ।

माउन्टेन फ्लाइटहरू बुधबार हुन नसकेको विमान कम्पनीहरूले बताएका छन् । बिहान ६ बजे नै गर्नुपर्ने माउन्टेन फ्लाइटका लागि कसले अनुमाति दिने भन्ने अन्यौल हुँदा २ घण्टा भन्दा बढी ढिलाई भएको बुझिएको छ । मौसमको अवस्थाका विषयमा जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिंदा नागरिक उडड्यन प्राधिकरणले उडानको अनुमति नदिएको बताइएको छ।प्राधिकरणले भिजुअल फ्लाइट सिष्टम (भिएफआर) प्रणाली जडान भएका विमानस्थलका लागि मात्र यो नियम लागू गर्ने निर्णय गरेको छ ।

यो नियम अनुसार हिमाली र पहाडी क्षेत्रका विमानस्थलहरूमा उडान गर्दा मौसम सफा रहेको निश्चित हुनुपर्ने छ।