२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सीड्स फर द फ्युचरका लागि आवेदन खुला


299
Shares

काठमाडौं । हुवावे नेपालले सीड्स फर द फ्युचर २०२२ का लागि आवेदन खुला गरेको छ ।

सूचना प्रविधि क्षेत्रका अन्डर ग्य्राजुएट विद्यार्थीहरुका लागि अनलाइन प्रविधि, नवप्रवर्तन तथा सामाजिक सांस्कृतिक आदान प्रदानसंग जोड्न गरी यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले यस वर्षका लागि आजैबाट आवेदन खुलेको जानकारी गराएको हो ।

आवेदन भर्ने अन्तिम मिति आगामी जुन २६ सम्म रहेको छ । अगस्ट १९ बाट सुरु भई अगस्ट २७ मा सम्पन्न हुने यस ९ दिने कार्यक्रममा, देशैभरीका आइ सी टि सम्बन्धी शैक्षिक ब्याग्राउन्ड भएका अन्डर ग्रयाजुएट विद्यार्थीहरुले भाग लिन सक्ने छन् ।

हुवावेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत् सन् २००८ देखि विश्वव्यापी रुपमा यो कार्यक्रम सञ्चालन गर्दै आएकोमा नेपालमा भने सन् २०२१ बाट सुरु गरिएको हो ।

कार्यक्रममा सहभागिता जनाउन इच्छुक विद्यार्थीले सीड्स नेपाल डटकममा गएर आवेदन भर्न सक्ने जनाइएको छ ।