Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य


0
Shares

काठमाडौं । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभा बैठक फागुन २७ गतेदेखि बस्न सकेको थिएन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि शुरु भएको थियो । विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६ वटा बैठक सम्पन्न भए ।

प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधिन ८ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो ।

तर कोभिड १९ द्वारा सिर्जित समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन सकेन ।