काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गर्नुभएको छ ।
बजेटपछि संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले बजेटमा आगामी आर्थिक वर्षदेखि लागू गर्न लागिएको ६८ वर्षदेखि वृद्धभत्ता दिने निर्णय गलत भएको बताउनुभयो ।
‘अब म पनि ६८ वर्ष पुग्दैछु,’ उहाँले भन्नुभयो, ‘गरिब देशको नागरिकले ६८ वर्षदेखि वृद्धभत्ता लिन मेरो नैतिकताले दिएन, त्यसैले म वृद्धभत्ता नलिने घोषणा गर्छु ।’
समग्र रूपमा बजेट सकारात्मक भए पनि सामाजिक सुरक्षामा धेरै जोड दिनु गलत भएको उहाँको भनाइ छ ।
सरकारले वृद्धभत्ता नलिने नागरिकलाई सम्मान गर्ने पनि बजेटमा समेटिएको छ ।









प्रतिक्रिया दिनुहोस्