कैलाली, वैशाख ४ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनओटै सुरक्षा निकायलाई ४५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई १५/१५ लाखका दरले बजेट दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले नेपाली सेनाको सुदूपश्चिम प्रदेश पृतना हेडक्वार्टर, प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल अत्तरिया बाहिनीलाई बजेट दिएको जानकारी दिए ।
यस्तै, राष्ट्रिय अनुसन्धान विभाग धनगढीलाई पनि १० लाख रुपैयाँ दिइएको छ ।
सुरक्षा निकायलाई उपलब्ध गराएको बजेट जिल्ला र मातहतका कार्यालयलाई आवश्यकताका आधारमा कोरोना रोकथामका लागि दिनसक्ने प्रदेश सरकारले जनाएको छ ।
यसैगरी, कैलाली र कञ्चनपुरसहित ९ ओटा जिल्ला प्रशासन कार्यालयलाई समेत पाँच/पाँच लाख रुपैयाँ बजेट प्रदान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्