विराटनगर । एक नम्बर प्रदेशसभाको पाँचौ हिँउदे अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिवालयले सूचना टाँसेर अधिवेशन अन्त्यको घोषण गरेको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बुधबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषण गरेका हुन् ।
मन्त्रिपरिषदको बैठकले हिजो अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि ६ चैतमा प्रदेश १ को प्रदेशसभाको २२ औं बैठक बसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
२०७६ माघ २३ गते प्रदेशसभाको पाँचौं अधिवेशन सुरु भएको थियो । यो अधिवेशनमा प्रवेश पाएका ६ वटा विधेयकमध्ये प्रदेशको वातावरण संरक्षण विधेयकमात्रै पारित भएको छ ।
अनिश्चितकालका लागि स्थगित संसद बैठक औपचारिक रुपमा अन्त्यको बाटोमा पुगेपछि प्रदेशको नामाकरणको विषय प्रदेशसभामा प्रवेश नै हुन पाएन ।
चालू हिउँदे तथा पाँचौं संसद अधिवेशन सुरु भएसँगै प्रदेशको नामाकरणको बिषयले प्रदेशसभाभित्र निर्णायक प्रवेश पाउने अपेक्षा थियो ।








प्रतिक्रिया दिनुहोस्