Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कर्णाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन २८ । कर्णाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

कर्णाली नदीमा पानीको बहाव सोमबार १०.१५ मिटरमा पुगेको बताउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

कर्णालीमा पानीको सतह बढेमा कैलालीकै टीकापुर र बर्दियातिरका बस्तीमा बाढी पस्ने गरेको छ । 

तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ भने बाढी पस्ने सम्भावित स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली पठाइसकिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

पहाडी जिल्लातिर पानी निरन्तर परिरहेकाले सोमबार राति कर्णालीमा पानीको सतह अझै बढ्नसक्ने अनुमान गरिएको छ ।