Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


प्रदेश–१ सरकारद्वारा कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप


0
Shares

विराटनगर, वैशाख ३ । प्रदेश नम्बर–१ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ ।

प्रदेशको मन्त्रिपरिषद् बैठकले यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेको भन्दै थप १५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो ।

यस्तै, प्रदेश सरकारले बुधबार राति १२ बजेबाट प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेशप्रमुखसँग सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक तर्जुमा गर्न बनेको अवधारणापत्रलाई सैद्धान्तिक सहमति गरेको छ ।

प्रदेश सरकारले कोरोना प्रभावित तथा पहिचान तथा राहत वितरणसम्बन्धी निर्देशिका जारी गर्ने, मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन समितिमा नेतृत्वविहीन भएको भन्दै त्यस कार्यालय सञ्चालनका लागि चाहिने आवश्यक काम गर्ने निर्णय पनि गररेको छ ।