२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा


0
Shares

पाल्पा, बैशाख ३ । जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

लकडाउनका अवधिमा जिल्लामा २६५ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।