Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


बंगाली अभिनेत्री बिदिशाले गरिन् आत्महत्या


1.7k
Shares

एजेन्सी । २१ वर्षीय बंगाली अभिनेत्री बिदिशा दे मजुमदारले आत्महत्या गरेकी छन्।

भारतीय सञ्चार माध्यामका अनुसार बिदिशा बुधबार आफ्नो काेठामा झुन्डिरहेको अवस्थामा फेला परेकी थिइन्। एक नगर बजारको एउटा फ्ल्याट भाडामा लिएर उनी बस्दै आएकी थिइन्। प्रहरीले उनको शव काेठामा झुन्डिरहेको अवस्थामा फेला पारेको थियाे। उनले आत्महत्या गरेको प्रहरीले जनाएकाे छ। उनी बस्ने काेठाकाे ढोका भित्रबाट बन्द गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनको शवलाई प्रहरीले ढोका फुटाएर निकालेको हाे। बिदिशा ४ महिना अघिमात्र नगर बजारमा बस्न आएकी थिइन्। प्रहरीले यस घटनाको विषयमा सम्पूर्ण अनुसन्धान सुरु गरिसकेको जनाएकाे छ। उनको काेठामा सुसाइड नोट फेला परेको प्रहरीले जनाएकाे छ। बिदिशाका साथिका अनुसार उनी आफ्नो प्रेमीकाे कारण डिप्रेसनमा पुगेकी थिइन्। उनको प्रेमीको अन्य प्रेमीका पनि भएकाे खुलेकाे छ। सुसाइड नोटमा उनले आफूलाई क्यान्सरबाट पीडित भएको बताएकी थिइन्।

तर अभिनेत्री बिदिशा दे मजुमदारलाई क्यान्सर नभएको पारिवारिक स्रोतले जनाएको छ।