३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


म्याराडोनाको स्मृतिमा निर्माण गरिएको विमान संग्रहालय अनावरण


351
Shares

काठमाडौं । विश्वकै सर्वकालिन चचित अर्जेन्टिनाका खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा निर्माण गरिएको विमान संग्रहालय अनावरण गरिएको छ ।

म्याराडोनाको सम्झनामा अर्जेन्टिनाको एक कम्पनीले विमान संग्रहालय सार्वजनिक गरेको हो ।

कतारमा यही वर्ष हुने विश्वकपअघि पूर्व विश्वकप विजेता म्याराडोनाको स्मृतिमा ट्यांगो डी १० एस नाम दिइएको १२ सिटे जहाजलाई अर्जेन्टाइन फिनटेक कम्पनीले संग्रहालय बनाएको हो ।

विमानको बाहिरी आवरणमा म्याराडोनाले विश्वकपको उपाधि चुमिरहेको तस्विर राखिएको छ । विमानको पछाडीको भागमा पनि म्याराडोनाको तस्वीर राखिएको छ । संग्रहालयमा म्याराडोनसँग सम्बन्धित विभिन बस्तुका साथै जानकारीहरु राखिएको जनाइएको छ ।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोनाको सन् २०२० को नोभेम्बरमा हृदयघातबाट निधन भएको थियो ।