बुटवल, वैशाख ३ । प्रदेश नम्बर–५ सरकारले प्रदेशभित्रका स्थानीय तहलाई १३ करोड रुपैयाँ अनुदान दिने भएको छ ।
प्रदेश–५ को मन्त्रिपरिषद् बैठकले १०९ स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो ।
बैठकले बुटवल, सिद्धार्थ, घोराही, तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैयाँका दरले र नेपालगन्ज उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
त्यसैगरी, प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
७३ ओटा गाउँपालिकालाई भने १०/१० लाख रुपैयाँ उपलब्ध गराइने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्