Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


मध्यपुर थिमि नपामा विदेशबाट आएका ५३ जनाको रिपोर्ट नेगेटिभ


0
Shares

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा विदेशबाट आएका ५३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

विदेशबाट आएका थप व्यक्तिको पनि तथ्यांक संकलन भैरहेको र उनीहरुको कोरोना परीक्षण गरिने नगरप्रमुख मदनसुन्दर श्रेष्ठ जानकारी दिए ।

नगरपालिका मातहत रहेको नेपाल कोरियामैत्री अस्पतालले पहिलोपल्ट स्थानीय तहमै कोरोना परीक्षण गर्दै आएको छ ।

नगरप्रमुख श्रेष्ठले अस्पतालले १६ बेडको आइसोलेसन कक्ष तयारी अबस्थामा राखेको पनि बताए ।