२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


इनड्राइभरको औपचारिक सेवा सुरु


1.495k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालमा पनि आफ्नो सेवा सुरु गरेको छ ।

अमेरिकी कम्पनी इनड्राइभरले एक वर्षको परीक्षणपछि बुधबार सेवा सुरु गरेको औपचारिक घोषणा गरेको हो ।

यसको सेवामा यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।

अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरु भन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरुले चालकको रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

हाल काठमाडौं उपत्यकामा सेवा सञ्चालन गरिरहेको कम्पनीले छिट्टै नै नेपालका अन्य मुख्य शहरहरुमा सेवा विस्तार गर्ने जनाएको छ ।

इनड्राइभरको सेवा विश्वका ४२ देशका ६ सय शहरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।