 
	    रौतहट । रौतहटको चार पालिकाको नजिता आउन बाँकी रहेको छ । रौतहटको गरुडा, गडिमाई, फतुवा बिजयपुर र बौध्दिमाई नगरपालिकाको नतिजा आउन ढिलाई भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्बाचनमा उक्त पालिकाको केही मतदान केन्द्र रद्द भई जेष्ठ ४ गते पुन निर्वाचन भएको कारण नतिजा आउनमा ढिलाई भएको हो ।
यसैबीच रौतहटमा १४ पालिकाको मत परिणाम सार्बजनिक भैसकेको छ । जसमध्ये नेपाली कांग्रेसले प्रमुख पदमा चन्द्रपुर, राजपुर, परोहा, माधब नारायण, कटहरिया गरी पाँच पालिकामा बिजय हासिल गरेको छ । यस्तै नेकपा एकिकृत समाजवादीले प्रमुख पदमा गौर, राजदेबी, बृन्दाबन गरी तीन पालिकामा बिजय हासिल गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ईशनाथ नगरपालिका, यमुनामाई गाउपालिका गरी दुई पालिका, नेकपा एमालेले मौलापुर, र देबाही गोनाही नगरपालिका गरी २ पालिका, जनता समाजबादी पार्टी (जसपा) ले गुजरा र नेकपा माओवादी केन्द्रले दुर्गाभगबती गाउँपालिकामा जित हासिल गरेका छन् ।
पछिल्लो मतगणना अनुसार देबाही गोनाही नगरपालिकाको नतिजा सार्बजनिक भएको छ । नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु क्रमशः मेयर र उपमेयरमा विजय भएका छन् ।
मेयरमा एमालेको तर्फबाट उम्मेदबार बनेका प्रेमलाल साहले ४ हजार २९२ मत र उपमेयरमा एमालेकी परनिया देवी पटेलले ४ हजार ४४५ मत प्राप्त गरी विजयी हुनुभएकोे छ ।
मेयरमा साहको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रप्रसाद यादवले ३ हजार २५६ मत र उपमेयरमा प्रतिद्वन्द्वी जसपा नेपालका इश्वरीलाल प्रसाद यादवले ३ हजार ५८० मत प्राप्त गर्नु भएको छ ।
देवाही गोनाही नगरपालिकाको उपमेयरमा पटेल दोस्रो पटक निर्वाचित हुनुभएको हो । नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहको निर्वाचनमा पटेल उपमेयरमा निर्वाचित हुनु भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्