२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


कैलालीमा नागरिक उन्मुक्ति बन्यो पहिलो पार्टी

जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नागरिक उन्मुक्ति पार्टी विजयी

1.183k
Shares

कैलाली । कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्।

जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महताेले ५ हजार २ सय ४२ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे । साथै नेकपा एमालेका टंकबहादुर बमले ४ हजार २ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

साेही गाउँपालिकाकाे उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५ सय २६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता चौधरीले ४ हजार ५ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ। सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका जयप्रकाश दहितले ४ हजार ५ सय ४८ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो भएको छ। साे पार्टीले भजनी, टीकापुर र जोशीपुरमा पनि विजयी हासिल गरिसकेकाे छ। कैलाली जिल्लाको गोदावरी, कैलारी र लम्कीमा नेपाली कांग्रेस, गौरीगंगा र मोहन्यालमा नेकपा माओवादी केन्द्र, चुरे र बर्दगोरियामा नेकपा एमाले तथा घोडाघोडीमा नेकपा एकीकृत समाजवादी पार्टी विजयी भएका छन्।

साथै कैलालीको धनगढी उपमहानगरपालिकामा भने मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै रहेको छ ।