Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई फील गुड बार एण्ड ग्रिल मा १० प्रतिशत छुट


65
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिलबीच १० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो ।उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । फील गुड बार एण्ड ग्रिलले एयरपोर्ट मोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।