
काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्र्तगत आउने शनिवार (जेठ ७ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ ।
नर्भिकले आउँदो शनिबार (जेठ ७ गते ) विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि साँढे १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो ।
नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्