
काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापा विजयी हुनुभएको छ ।
उहाँले १० हजार ४५६ मत प्राप्त मेयरमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत प्राप्त गरे पराजित हुनुभएको हो । त्यस्तै उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार बालकुमारी थापा विजयी हुनुभएको छ। उहाँले १० हजार ३०७ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
उहाँकी प्रतिद्वन्दी एमालेकी दुर्गादेवी रानाले १० हजार २५० मत गरेर पराजित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्