Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


मुख्यमन्त्री गुरुङले लिए बागलुङका कोरोना संक्रमितको अवस्थाबारे जानकारी


0
Shares

बागलुङ, चैत २८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बागलुङमा रहेका कोरोना संक्रमितको अवस्थाबारे जानकारी लिएका छन् ।

धौलागिरि प्रादेशिक अस्पतालमा उपचाररत् बागलुङका दुईजना कोरोना संक्रमितको अवस्थाबारे मुख्यमन्त्री गुरुङले जानकारी लिएका हुन् ।

उनले ‘क्वारेन्टाइन’को अवस्था, समस्या र समाधानका विषयमा स्थानीय प्रशासनसँग जानकारी लिएका थिए ।