
दैलेख । दैलेखको चामुण्डा विन्द्रासैनि नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मेयर पदमा कांग्रेसका गणेश कुमार शाहीले ४ हजार ७० मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य बहादुर शाहीले ३ हजार ९९२ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी, उपमेयरमा पनि कांग्रेसकी मनसरा कुमारी शर्माले ४ हजार ३८ ल्याई विजयी हुनु भएको हो । । उहाँका प्रतिस्पर्धी एमालेकी नन्दा कुमारी विष्टले ३ हजार ९९६ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्