२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेपाल र युगाण्डाबीच महिला टी–ट्वान्टी सिरिज सुरु, टस जितेर बलिङ गदै नेपाल


130
Shares

काठमाडौं । पाहुना टोली युगान्डाविरुद्धको पहिलो महिला टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।

अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेको १५ बर्षपछि नेपाली महिला क्रिकेट टिमले घरेलु मैदानमा पहिलो पटक आज अन्तराष्ट्रिय टी २० सिरिज खेल्दैछ ।

नेपाल आज युगान्डालाई हराएर सिरिजमा सुखद सुरुवातको योजनामा रहेको छ । युगान्डा पनि जितबाट सिरिजको सुरुवात गर्न चाहन्छ ।

नेपालले युगांडा बिरुद्ध पाँच टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपाली महिला क्रिकेट टिमले अन्तिम पटक सन् २०१९ को सागमा पोखरामा प्रतियोगिता खेलेको थियो । तर, कीर्तिपुर मैदानमा नेपाली महिला टिमले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।