
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएकाे छ।
मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको भएको हाे। उहाँले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गर्नुभएको छ। मेयर मोहन बस्नेतले ७ हजार २ सय १ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ। एमालेका उम्मेदवार श्रीराम आचार्यले ५ हजार १ सय ९२ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।
नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा विजयी हुनुभएकाे थियाे। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा विजयी हुनुभएकाे छ।
उहाँले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७ सय ९३ मत अन्तरले पराजित गर्नुभएकाे हाे।
प्रतिक्रिया दिनुहोस्