Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


‘वडाध्यक्षको निर्देशनमा दलित समुदायका व्यक्तिमाथि कुटपिट’


0
Shares

दोलखा, चैत २७ । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर–५ का वडाध्यक्षको निर्देशनमा स्थानीय दलित समुदायका केही व्यक्तिलाई कुटपिट गरेको आरोप लगाइएको छ ।

वडाध्यक्ष राजकुमार रोक्काको निर्देशनमा पाँचजनाको समूहले उनीहरुमाथि कुटपिट गरेको आरोप दलित समुदायले लगाएका छन् ।

मादकपदार्थ सेवन गरेको टोलीले कुटपिट गर्नुका साथै महिलाहरुलाई अपशब्द बोलेको आरोप पनि लगाइएको छ ।

कुटपिटबाट भुवन मिजार, कमल मिजार, गनेश मिजार घाइते भएको दाबी गरिएको छ ।

वडाध्यक्ष रोक्का सधैं गाँजा र मादकपदार्थ सेवन गरी हिँड्ने गरेको स्थानीयको आरोप छ ।