
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी हुनु भएको छ ।
गाउँपालिकाको अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी प्यानलसहित विजयी हुनु भएको हो ।
अध्यक्षमा कार्की दोब्बर मतान्तरसहित निर्वाचित हुनु भएको छ । कार्कीले ३ हजार ३८४ मत पाउनु हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाउनु भयो ।
त्यस्तै, उपाध्यक्षमा कांग्रसकी ज्ञानु सेठीले ३ हजार १३ मत पाउनु हुँदा उहाँका प्रतिद्वन्द्वी एमालेका इन्द्र महराले १ हजार ७०३ मत पाउनु भएको छ ।
गन्यापधुरामा कांग्रेस एक्लै तथा एमाले र नेपाली कांग्रेस बिपी चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस्