
काठमाडौं। बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएकाे छ ।
नेकपा एमालेका मानबहादुर बोहराले ६ सय ७५ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उज्वल बोहोराले ६ सय १३ मत प्राप्त गरेर पराजित हुनुभएको हो । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६ सय ७५ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६ सय १९ मत प्राप्त गर्नुभएको छ । साे पालिकाकाे वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी हुनुभएको हो ।
वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी हुनुभएको छ भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी हुनुभएकाे हाे ।
त्यस्तै, वडानम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी हुनुभएकाे छ । साथै वडानम्बर ५ नेकपा एमालेका जयपाल बोहरा प्यानलसहित विजयी हुनुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्