Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


झडप र विवादपछि सुदूरपश्चिमका पाँच जिल्लामा रोकियो मतदान


585
Shares

कैलाली । स्थानीय तह निर्वाचनको क्रममा सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा दुई पक्षबीच झडप भएको छ ।

पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती सृजना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रवक्ता भोलाबहादुर रावलले जानकारी दिनुभयो ।

विवाद पश्चात् बाजुराका एक, बझाङका तीन र कञ्चनपुरको एक ठाउँमा विवादले चुनावी प्रक्रिया रोकिएकोले सुचारु गर्न छलफल भइरहेको रावलले जानकारी दिनुभयो । बझाङमा झडप भएका मतदानस्थल जयपृथ्वी नगरपालिका वडा न. ७ स्थित सुनिपिपल चौर मावि सुवेडा, केदारस्युँ गाउँपालिका वडा न. ४ स्थित जगन्नाथ माबि सैन्सु र मष्टा गाउँपालिका ५ स्थित द्वारिकानाथ माध्यमिक विद्यालयमा पनि मतदान रोकिएको छ।

बाजुराको पाण्डुसैनमा पनि मतदान रोकिएको प्रहरीले जनाएको छ। यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकामा नक्कली मतदाता आएको भन्दै मतदान प्रक्रिया रोकिएको छ। नेकपा माओवादी केन्द्रका नेताहरुले मत हाल्न पाउने भनी फर्जी मतदातालाई पठाएपछि विवाद भएको हो ।

पुनर्वास नगरपालिका वडा न. १० को विजय माध्यमिक विद्यालय मतदानस्थलमा मतदान रोकिएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदन धामीले बताउनुभयो । उहाँका अनुसार राजनीतिक दलको बैठक जारी रहेकोले सहमतिपछि मतदान सुरु हुने जनाइएको छ ।