वीरगन्ज, चैत २६ । कोरोनाभाइरस नियन्त्रण गर्न वीरगन्ज महानगरपालिकाले औषधि छर्ने र पानीद्वारा स्यानिटाइज गर्ने कार्यलाई तीव्रता दिएको छ ।
वडा कार्यालयहरुसँग समन्वय गरी वारुणयन्त्रको सहयोगमा स्यानिटाइज कार्यलाई तीव्रता दिइएको छ ।
महानगरपालिकाका वडा नम्बर–१९ र २४ का ग्रामीण टोलहरुमा औषधि छर्किइएको हो ।
कोरोना रोग नियन्त्रणको लागि उपयुक्त रहेको स्टेवल ब्लिचिङ पाउडर पानीमा मिसाएर वारुणयन्त्रद्वारा स्यानिटाइज गरिएको हो ।
वीरगन्ज महानगरपािलकाका मेयर विजयकुमार सरावगीले कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको ‘लकडाउन’बाट उत्पन्न सामाजिक र आर्थिक समस्याहरुको समाधानका लागि महानगरपालिकाले भूमिका निर्वाह गर्ने बताए ।








प्रतिक्रिया दिनुहोस्