Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


रोनाल्डिन्हो जेलमुक्त


0
Shares

काठमाडौं, चैत २६ । ब्राजिलका फुटबल हस्ती रोनाल्डिन्हो जेलमुक्त भएका छन् ।

नक्कली पासपोर्ट बोकेर पाराग्वे पुगेपछि उनी त्यहीँ पक्राउ परेका थिए ।

जाली पासपोर्ट तथा अध्यागमन कानुनअनुसार ६ महिनाको जेल सजाय पाएका रोनाल्डिन्हो ३२ दिनमै रिहा भएका हुन् ।

मुद्दाको अन्तिम फैसला नभएसम्म नजरबन्दमा बस्ने गरी उनलाई जेलमुक्त गरिएको बताइएको छ ।

रोनाल्डिन्होसँगै उनका दाइ रोबर्टाेलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो ।

तारेखमा रिहा हुनका लागि आवश्यक धरौटी बुझाउन नसकेपछि दुवैजनालाई कारागार पठाइएको थियो ।

४० वर्षीय रोनाल्डिन्होले सन् २०१५ मा व्यावसायिक खेल जीवनबाट सन्न्यास लिएका थिए । (एजेन्सी)