Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


दैनिक ज्याला मजदुरी गर्नेलाई सहयोग गर्न गजुरीमा फुड बैङ्क स्थापना


0
Shares

धादिङ । गजुरी गाउँपालिकामा फुड बैङ्क स्थापना गरिएको छ । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरु तथा लकडाउनका कारण खाद्यान्न अभाव भएका विपन्न वर्गलाई सहयोग गर्न गजुरी गाउँपालिकाले फुड बैंक स्थापना गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर गरिएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्नेहरु तथा विपन्न समुदायले काम नपाएका कारण उनीहरु भोकै बस्ने अवस्था आउन नदिन फुड बैंक स्थापना गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिए ।

फुड बैंकलाई कोरानाको लकडाउनमा मात्रै सिमित नराखी भविष्यमा आइपर्ने विभिन्न खाले विपत्तीमा समेत प्रयोगमा आउने गरी सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ ।

फुड बैंक सञ्चालन भएपछि पालिकाभित्र र बाहिरका सम्पूर्ण उद्योगी व्यवसायी तथा दानवीर दाताहरुलाई खाद्यान्न तथा तरकारी फुड बैंक जम्मा गरेर सहयोग गर्न गाउँपालिकाले अपील गरेको छ भने कोरोना भाइरस संक्रामक रोग नियन्त्रण कोष’ समेत खडा गरी गजुरी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुको १ महिनाको तलब÷भत्ता सोही कोषमा जम्मा गरेको छ ।