Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


जनकपुरमा किटनाशक औषधी पहुँचवालाको घर र अस्पताल छेउछाउ मात्रै छर्कियो


0
Shares

जनकपुर । जनकपुरमा भइरहेको सेनिटाइजेसनको स्थानीयले विरोध गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि टोल टोलमा भइरहेको  सेनिटाइजेसनको स्थानीयले विरोध जनाएका हुन् ।

जनकपुरधाम १० का स्थानीयले सेनिटाइजेसनमा खटिएका कर्मचारीहरु आफू वा आफन्त खट्ने निजी अस्पताल, क्लिनिक र घरमा मात्र औषधि छर्किने गरेको आरोप लगाउँदै देवी चोकबाट फर्काएका छन् ।

आवश्यक ठाउँमा वार्ड प्रतिनिधि वा स्थानीयको रोहबरमा औषधि नछर्केर मनपरी रुपमा मेयर र उपमहानगरपालिकाका कर्मचारीको सम्बन्धित व्यक्ति र निजी अस्पतालमा मात्रै छर्किने गरेको उनीहरुको आरोप छ ।

कोरोना भाइरसको महामारी फैलन नदिन उपमहानगरपालिकाले विभिन्न वडामा किटनाशक औषधि छर्कन थालेको छ ।