१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


‘घरघरमा विद्यालय कार्यक्रम’ संचालन


0
Shares

काठमाडौं, चैत २५ । नेपाल शिक्षक संघले ‘घरघरमा विद्यालय शैक्षिक कार्यक्रम’ अभियान संचालन गर्ने भएका छन् ।

संघको बसेको अनलाइन संघिय बैठकले यस्तो निर्णय गरेका हुन् । संघको बैठक पश्चात् मंगलबार अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरिले संयुक्तरुपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएका हुन् ।

विश्वभर लकडाउनका कारण घरमै परिक्षा दिइ बसेका र परिक्षा दिनुपर्ने विद्यार्थीहरुलाई हालको त्रासदित वातावरणलाई सरल बनाई बालबालिकाहरुलाई लकडाउन हाम्रै स्वास्थ्यकालागी अपनाइएको सुरक्षित उपाय हो भन्ने बोध गराउदै विद्यार्थीहरुलाई उचित वातावरण निर्माण गरि अभिभावकहरुको समन्वयमा संचारका साधनमार्फत तत्काल पालिका स्तरसम्म अभियान प्रारम्भ गर्ने जानएका छन् ।

यस कार्यक्रममा विद्यार्थीहरुलाई दैनिक अनिवार्य समयतालिका निर्माण गर्न लगाई अभिभावकको सहयोगमा विषयगत अध्ययनका अलावा पारिवारिक सहयोग,स्वास्थ्य कार्यक्रम, खेलकुद, कला साहित्य अध्ययन समावेश गर्न सुझाव दिने उल्लेख छ ।

अभियानमा सम्बन्धित पालिकामा बसोबास शिक्षक संघका विभिन्न तहका नेतृत्वहरु कृयाशिल रहने छ ।

साथै विज्ञप्तिमा सरकारले गरिएको लकडाउनलाई प्रभावकारीरुपमा लागु गराउन संघका सदस्यहरूलाई कृयाशिल रहन अनुरोध गर्ने,स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरि कारबाही गर्नु पर्ने, सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरु लाई आवश्यक पिपिईको उपलब्ध गराउनु पर्ने, कोरोना उपचार र परिक्षणलाई अझ प्रभावकारी बनाउनु पर्ने लकडाउनको समयमा अन्य रोगका उपचार नियमित गर्नु पर्ने र न्युन आय भएका श्रमिकहरुलाई जिवनयापन गर्न सहज बनाउनु पर्ने मागहरु समेत उल्लेख गरिएको छ ।