Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


प्रेसले मर्यादाभित्र रहेर काम गर्नुपर्छ : सञ्चारमन्त्री


0
Shares

काठमाडौं, साउन २७ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रेसले मर्यादाभित्र रहेर काम गर्नुपर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार संघको १९औं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले विभिन्न सामाजिक सञ्जालले सत्य, तथ्यभन्दा पनि हल्ला फैलाएर सरकारलाई आक्रान्त बनाएको भन्दै अनलाइन मिडियालाई मूलधारको मिडियामा समेट्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले फौजदारी तथा देवानी संहिताले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने भन्दै पत्रकारहरुको हकमा त्यस्तो कानुन लागू नहुने व्यवस्था गर्न माग गरे ।

सो अवसरमा उजिर मगर, भैरव आङ्ला, छेठु शेर्पा र विमला चौधरीलाई जनही ४० हजार रुपैयाँको दरले पुरस्कृत गरिएको थियो ।