१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


कक्षा ११ र १२ को परीक्षा अनिश्चित


0
Shares

काठमाडौं, चैत २५ । राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको परीक्षा बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

उनले लकडाउन खोलेपछि मात्र अर्को सूचना जारी गर्ने जानकारी दिए । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो ।

कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । यसअघि कोरोना भाइरसको जोखिम बढेपछि चैत ६ गतेबाट हुने एसईई परीक्षा पनि स्थागत गरिएको थियो ।