पर्सा, चैत २४ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको पहिलो प्राथमिकता कोरोना संक्रमण नियन्त्रण रहेको बताएका छन् ।
सोमबार संघीय सांसद प्रदीप यादव नेतृत्वको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री राउतले कोरोना रोगको परीक्षण, उपचार र व्यवस्थापनको लागि सरकार गम्भीर रहेको बताए ।
कोरोना रोगको परीक्षण, उपचार र व्यवस्थापनका लागि सांसद यादव, वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय र आकस्मिक विभाग प्रमुख तथा नेपाल चिकित्सक संघका नारायणी शाखाका महासचिव डा. उदयनारायण सिंहले मुख्यमन्त्री राउतको ध्यानकर्षण गराएका हुन् ।
त्यसक्रममा संक्रमण नियन्त्रणका लागि वीरगन्जमा थालिएको तयारी र आवश्यकताबारेमा टोलीले मुख्यमन्त्रीलाई जानकारी गराएको थियो ।
उनीहरुले कोरोना रोगको परीक्षण, पीसीआर ल्याब, स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पीपीईलगायतका सामग्री तथा छुट्टै कोभिड अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएका थिए ।








प्रतिक्रिया दिनुहोस्