Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


गण्डकीमा ९३ जनाको नमुना संकलन


0
Shares

पोखरा, चैत २४ । गण्डकी प्रदेशभित्र हालसम्म ९३ जनाको नमुना संकलन गरिएको छ । ७३ जनाको ‘नेगेटिभ’ र दुईजनाको ‘पोजिटिभ’ देखिएको छ ।

बाँकी १८ जनाको परीक्षण नतिजा आउन बाँकी रहेको बताइएको छ ।

यसैबीच, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाँचओटा जिल्लामा हालसम्म एक हजार २९९ जना विदेशबाट फर्किएकाहरु फेला परेको जनाएको छ । यसमा सबैभन्दा धेरै तनहुँ जिल्लाका छन् ।

तनहुँमा ५८२ जना विदेशबाट फर्केकाहरु छन् भने दोस्रोमा कास्कीका ३८९ जना छन् ।

यस्तै, पर्वतमा ३१६, लमजुङमा ९ र मनाङमा हालसम्म तीनजनामात्रै भेटिएका छन् ।

विदेशबाट आएका व्यक्तिहरुको स्वाब परीक्षण गर्ने र त्यसपछि उनीहरुसँग सम्पर्क भएका व्यक्तिको पनि जाँच गरिने प्रदेश सरकारले जनाएको छ ।

प्रदेश राजधानी कास्कीमा सबैभन्दा धेरै व्यक्तिको नमुना परीक्षण गरिएको छ । ४१ संकलित नमुनामध्ये ३१ जनाको नतिजा कोरोना नेगेटिभ छ भने १० ओटा परीक्षण हुन बाँकी छ ।