Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


नवलपुरमा विपन्नका लागि खाद्यान्न बैंक


0
Shares

नवलपुर, चैत २४ । नवलपुरका स्थानीय तहहरुले खाद्यान्न बैंक निर्माण गरेका छन् ।

‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्ने मजदुरहरुलाई राहत वितरण सरल बनाउन खाद्यान्न बैंक सञ्चालन गरेका हुन् ।

स्थानीय तहले सञ्चालन गरेको खाद्यान्न बैंकमा खाद्यान्न वा रकम सहयोग गर्न चाहने व्यक्ति, संघ–संस्थाहरुले खाद्यान्न बैंकमा सहयोग गर्नसक्ने जनाइएको छ ।

अहिले जिल्लाका सबै स्थानीय तहहरुले खाद्य बैंक नै बनाएर खाद्यान्न संकलन र मजदुरहरुलाई खाद्यान्न वितरण गरेका छन् ।

कावासोती नगरपालिकाका विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमशंकर मर्दनियाले खाद्यान्न बैंकमा खाद्यान्न संकलन भइरहेको जानकारी दिए ।

बैंकमा संकलन भएको खाद्यान्न प्रत्येक वडाका वडाध्यक्षहरुलाई जिम्मा लगाइ वितरण गरिँदै आएको बताइएको छ ।