
सञ्जय आचार्य
बर्दिया, साउन २७ । चार वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन भएका बर्दियाका बाढीपीडितको हालसम्म पनि पुनर्स्थापना हुन सकेको छैन ।
सरकारले भूकम्पपीडितसरह राहत उपलब्ध गराउने आश्वासन दिए पनि रकम हालसम्म उपलब्ध नगराउँदा उनीहरु ऋणको भारी बोक्न बाध्य छन् । उनीहरु चार वर्षदेखि गुलरियाको रामपुर टापुमा अस्थायी शिविरमा बस्दै आएका छन् ।
सरकारी पक्षबाट आश्वासन नआएका पनि होइनन् । तर ४ वर्ष बितिसक्यो उनीहरुको न त पुनर्स्थापना भयो नत राहत पाए ।
सरकारले पुर्णरुपमा क्षति भएका परिवारलाई जग्गा खरिद गरी घर निर्माणका लागि ३ लाख ५० हजार दिने भने पनि हालसम्म पहिलो किस्ता ५० हजार रुपैयाँमात्र उपलब्ध गराएको छ । बाँकी रकम चाँडै निकासा हुने आश्वासनमा पीडितहरुले ऋण लिएर जग्गा खरिद गरी अस्थायी टहरा बनाएर बस्न थालिसकेका छन् । जसले गर्दा ऋणको भारी बोक्न बाध्य भएको गुनासो उनीहरुको गुनासो छ ।
उनीहरुले दुई महिनाभित्र बाँकी रकम नतिरे दोब्बर पैसा दिनुपर्ने सहमति गरेर जग्गा खरिद गरे पनि हालसम्म रकम निकासा नहुँदा उनीहरु चिन्तित बनेका छन् । भएको जग्गा जमिन नदीले बगाएपछि बाढीपीडित यतीबेला के खाउँ र के लाउँ भन्ने पिरलोमा छन् । घरमा कमाउने मान्छे पनि नहुँदा एकातिर ऋण तिर्न समस्या छ भने अर्कोतर्फ जीविकोपार्जनमा समस्या भएको उनीहरुको दुखेसो छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्