Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


प्रदेश–१ कोरोना कोषमा २२ लाख बढी रकम जम्मा


0
Shares

विराटनगर, चैत २२ । प्रदेश नम्बर–१ का विभिन्न वित्तीय संस्थाहरुले एकै दिन प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा २२ लाख बढी रकम जम्मा गरेका छन् ।

प्रदेश–१ मा रहेको चारओटा विकास बैंकले १५ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

संस्थाहरुले शनिबार मुख्यमन्त्री शेरधन राईलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेश सरकारले स्थापना गरेको प्रदेश–१ कोरोना जनसुरक्षा कोषमा आर्थिक सहयोग उपलब्ध गराइएको विराटनगरमा प्रधान कार्यालय रहेको सप्तकोसी डेभलपमेन्ट बैंकका सञ्चालक तारा निरौलाले जानकारी दिइन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त वित्तीय संस्थाहरु सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पाँच लाखका दरले रकम कोषमा जम्मा गरेका छन् भने खोटाङ कार्यक्षेत्र बनाएर काम गर्दै आएको सालपा विकास बैंक लिमिटेडले ५० हजार गरी १५ लाख ५० हजार प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा जम्मा गरेको निरौलाले बताइन् ।

त्यस्तै, मेघा बैंक लिमिटेडलेसमेत पाँच लाख प्रदेश सरकारको जनसुरक्षा कोषमा रकम जम्मा गरेको छ ।

हरेक प्रदेशमा पाँच लाखका दरले राहत संकलन गरिएको मेघा बैंक प्रदेश कार्यालयले जनाएको छ ।

त्यस्तै, सहारा वित्तीय संस्थाले पनि एक लाख ५१ हजार सरकारको राहत कोषमा जम्मा गरेको जनाएको छ ।