Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


प्रधानमन्त्रीले असगर अलिलाई तुरुन्त कारवाही गर्नुपर्छ : शेखर कोइराला


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञलाई तुरुन्त बर्खास्त गनुपर्ने बताएका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले प्रधानमन्त्रीका सूचना प्रबिधि सल्लाहकार असगर अलिको लगानी रहेको सिरान टेक्नोलोजीलाई कारवाही गर्न समेत माग गरेका छन् ।

सिरान टेक्नोलोजीले काठमाडौ प्रेसको समाचार साईटबाट स्वास्थ्य सामग्री अनियमितता बारे लेखिएको समाचार हटाएको (ह्याक गरेको) थियो ।

यसलाई इंगित गर्दै कोइरालाले यो घटना प्रेस र अभिब्यक्ति स्बतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना भएको बताए । ‘संसारमा कहिं र कतैपनि प्रकाशित समाचारलाई लिएर विमती हुँदैमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउॅदैनन्’,उनले भने।

सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागीसकेको छ । अलि संलग्न रहेको कम्पनीले देशका धेरै निजी कम्पनीहरूको एप्लिकेशन बनाएको सार्बजनिक भएको प्रति कोइरालाले चिन्ता व्यक्त गरेका छन् ।

यसरी नै सिरान टेक्लोनोजीले झै सूचना प्रबिधिको पहुँच दुरूपयोग गरी अली संलग्न कम्पनीले निजी बैकमा रहेको अर्बौ रूपैया तलमाथी गरे त्यसको परिणाम के हुन्छ कोइरालाले प्रश्न गरे ।

समाचार साईट ह्याक गर्नेको हातमा २२ बटा वाणिज्य बैक र २६ बटा बित्तिय संस्थाको गेटवे हुनुले  लाखौ नेपालीले आफ्नो दुख परिश्रम गरेर जम्मा गरेको अर्बौ रूपैयाको जोखिम बढाएको उनले बताए ।