
काठमाडौं, चैत्र २१ । कोरोना भाइरस संक्रमणको कारण अमेरिकामा अर्का एक जनाको मृत्यु भएको छ। ७१ वर्षीय नेपाली नागरिकको कोलोराडोमा निधन भएको अमेरिकास्थित नेपाली संघ संस्थाहरुले जनाएका हुन् ।
कोरोना भाइरसबाट संक्रमित उनलाई एक साताअघि कोलोराडोको एक अस्पतालमा भर्ना गरिएको थियो ।
नेपाली दुतावासले विहीवार नेपाली समुदायसँग आयोजना गरेको कन्फरेन्स कलमा कोलोराडोबाट यसको जानकारी गराइएको थियो ।
करिब १० हजार मानिस बसोबास गर्ने कोलोराडोमा अरु दुई नेपालीलाई पनि कोरोना संक्रमण भएको बताइएको छ ।
कोरोना भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुने दोश्रा ती व्यक्तिका नाम भने सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्