
अर्घाखाँची । अर्घाखाँचीमा पहिलोपटक मेयर पदमा महिलाको उम्मेदवारीको नाम दर्ता भएको हो ।
जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारीले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन । चार दलीय गठबन्धनबाट आफूले मेयर पदमा उम्मेदवारी दर्ता गराएको भण्डारीको भनाइ छ ।
जिल्लामा ६ वटा स्थानीय तहमध्ये तीन नगरपालिका र ३ गाउँपालिकासहित ६१ वटा वडा रहेका छन ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्