Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी


0
Shares

काठमाडौं, चैत १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

विवेकशील नेपाली दलका वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

सांसद पौडेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म किटलाई मान्यता नदिएको, बजार मूल्यभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोनाभाइरस संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरेर अनियमितता गरेको आरोप लगाएका छन् ।

उजुरीमा डब्ल्यूएचओले सिफारिस नगरेको, भर पर्न नसकिने खालका ‘र्‍यापिड टेस्टिङ किट’ प्रचलित बजार मूल्यभन्दा बढी मूल्यमा किनिएको भन्दै छानबिनको माग गरिएको छ ।

पौडेलले अख्तियारको वेबसाइटमार्फत् उजुरी दिएको बताएका छन् ।

सांसद पौडेलले वेबसाइटमार्फत् दिएको उजुरी रुजु भएको अख्तियारका प्रवक्ताले आफूलाई जानकारी दिएको बताएका छन् ।

विवादका कारण सरकारले चीनबाट खरिद गरेको ७५ हजारथान र्‍यापिड टेस्टिङ किट अहिलेसम्म प्रयोगमा ल्याएको छैन ।