Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


संचारकर्मी र सुरक्षाकर्मीलाई नेवि संघको सहयोग


0
Shares

काठमाडौं । नेपाल बिद्यार्थी संघको कोभिड–१९ विरुद्धको अभियान अन्तर्गतको टोलीले एपीवान टिभीमा कार्यरत संचारकर्मीहरुलाई मास्क, स्यानिटाइजर, ग्लोब्स लगायतका अत्यावश्यकीय सामग्रीहरु प्रदान गरेको छ ।

समाचार युनिट प्रमुख टिकाराम यात्रीलाइ उक्त सामग्रीहरु संघका महामन्त्री बलदेव तिमल्सिनाले हस्तान्तरण गरेका हुन ।

बुद्धनगरमा आयोजित सामग्री हस्तान्तरणको क्रममा नेबिसंघका महामन्त्री युवराज पाण्डे, नेपाली काँग्रेसका नेताहरु श्याम डोटेल, रामप्रसाद लुइँटेल, श्याम तिम्सिना,नेबिसंघका नेताहरु दीपक ओझा, सोमराज मल्ल, रुपेश शाहलगायतको उपस्थिति थियो ।

‘हामी त घरमा छौं, सुरक्षित छौं तर स्वास्थ्य, सुरक्षा, सूचना र सन्चारको क्षेत्रमा अहोरात्र काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मीडियाकर्मी तथा उनीहरुको परिवारको मनोबैज्ञानिक तनावलाई आकंलन गरौं’ भन्दै नेबिसंघले सबैलाइ सुरक्षित राख्न अभियान थालेको  महामन्त्री तिमल्सिनाले बताए ।

सदैव अरुको सूचना र जानकारीका लागि तल्लीन रहनेहरु नै कोरोनाबाट असुरक्षित रहेको महसुस गरी संघले अभियान जारी राख्ने अर्का महामन्त्री युवराज पाण्डेले बताए ।

बितरित सामग्री संकलन तथा संयोजन नेविसंघ शंकरदेव क्याम्पसका नेता  दिपक ओझाको नेतृत्वमा सम्पन्न भएको हो । अभियानमा संकटको समय भएपनि सबैको उत्साहपूर्ण र उल्लेख्य सहयोगबाट समाजमा असल कार्यका निम्ती थप हौसला मिलेको नेता ओझाले बताए ।

संघले कपन प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीका लागि स्वास्थ्य सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेको थियो । साथै यसअघि नै महानगरी प्रहरी बृत्त सिंहदरबार(अनामनगर) तथा कमलपोखरी (माली गाउँ) बृत्तलाइ हस्तान्तरण गरिसकेको छ ।