२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


दोस्रो विश्व युद्धपछि पहिलो पटक विम्बल्डन टेनिस प्रतियोगिता स्थगित हुंदै


0
Shares

एजेन्सी । यस वर्षको विम्बल्डन स्थगित हुने लगभग निश्चित स्थितिमा पुगेको छ ।

यसका लागि आयोजक पक्षबीच छलफल चलिरहेको छ । प्रतियोगिताको आयोजक अल इंग्ल्यान्ड क्लबले स्थगित गर्नेबारे अहिलेसम्म निर्णय नभएपछि यसबारे छलफल भइरहेको छ ।

दोस्रो विश्व युद्धपछि अहिलेसम्म कुनै पनि वर्ष विम्बल्डन स्थगित भएको छैन । तर कोरोना भाइरसको संक्रमणको कारण यसपल्ट स्थगित हुने स्थिति सिर्जना भएको हो ।