बिराज रोस्यारा (इमेज)
कैलाली, चैत १८ । संघीय सरकारले कोरोनाभाइरसका सम्भावित बिरामीको नमुना परीक्षणका लागि खरिद गरेको प्रयोगशालाका सामग्री धनगढी आइपुगेको छ ।
चीनबाट खरिद गरी ल्याइएका प्रयोगशालाका उपकरण र पाँचजना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले मंगलबार हेलिकोप्टरमार्फत् धनगढी पठाएको हो ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नेपाली सेनाको हेलिकोप्टर प्रयोगशालाका उपकरण बोकेर मंगलबार साँझ धनगढीमा अवतरण गरेको बताए ।
संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ती उपकरण पुगेको र बुधबारैदेखि परीक्षण सुरु हुने सम्भावना रहेको विज्ञ टोलीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्