२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त समाजको माग


39
Shares

बुटवल । १६ औँ लोकतन्त्र दिवसको अवसरमा आइतबार मानव अधिकार तथा शान्ति समाजले देशका बिभिन्न स्थानमा प्रदर्शन गरेको छ ।

मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन भन्ने मुल नारासहित समाजले ३७ जिल्लामा बिभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाएको हो ।

यसैक्रममा बुटवलको बीपीचोकमा आयोजित प्रदर्शनमा समाजका केन्द्रीय सभापति गोविन्द खनालले भ्रष्टाचार र कुशासन लोकतन्त्रका शत्रु भएको बताउनुभयो ।

लोकतन्त्रको रक्षा र स्थायीत्वका लागि भ«ष्टाचारमुक्त समाज र सुशासन अनिवार्य भएको सभापति खनालले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पूर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्र अधुरै रहने भन्दै लोकतन्त्र र पे्रस स्वतन्त्रतामाथि धावा बोल्ने कसैलाई नछाडिने बताउनुभयो ।