
काठमाडौं । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका दुई जना विदेशी नागरिकलाई सार्वजनिक गरेको छ ।
ब्यूरोले आइतबार पत्रकार सम्मेलन गर्दै अवैध लागु औषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका विदेशी नागरिकलाई सार्वजनिक गरेको हो ।
गत बैशाख ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिकाको जोहान्नसवर्गबाट दोहा हुँदै काठमाडौं आएकी वर्ष ३५ की जेम्बियन नागरिक कपुतुला अभिषरागलाई पक्राउ गरी सार्वजनिक गरेको हो । निजले ल्याएको सुटकेसभित्र फ्लस बटम बनाए लुकाएर ल्याएको अवस्थामा ७ किलोग्रम लागु औषध सेतो हेराईन प्रहरीले बरामद गरेको थियो ।
त्यस्तै उक्त लागु औषध लिन आएकी केइफाङ्ग मिजोराम ठेगाना भएकी वर्ष ३५ की भारतीय नागरिक लालनुनपुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । लागु औषध कारोबारमा संलग्न दुबै महिलालाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागु औषध सेतो हेरोईन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले निजहरुको साथबाट बरामद ७ केजी सेतो हिरोइनको अन्दाजी बजार मूल्य १४ करोड रहेको बताउनुभयो ।
प्रहरी उपरीक्षक श्रेष्ठले हुलाकबाट आउने गरेका सामानहरुमा समेत लागु औषध भित्रिन सक्ने भन्दै अनुसन्धानलाई तीव्रता दिएको बताउनुभयो । उहाँले यसै क्रममा गत वर्षको फागुन ११ गते हुलाका कार्यालय डिल्लीबजार काठमाडौं इएमएस शाखामा बेलायतबाट पठाएको कार्टुन बक्समा ४.४१८ केजी तौल बराबरको साना चकलेटहरु रहेको र चकेलटमा गाँजा तथा चरेशहरु पाइएको र त्यसको बरामद गरी कन्ट्रोल डेलिभरी गर्ने क्रममा पर्साका २२ वर्षीय राज शिखर गुप्तालाई पक्राउ गरिएको बताउनुभयो ।
निजसँगको अनुसन्धानमा जर्मनबाट पठाइएको अर्को कार्टुन बक्स फेला परेको र त्यसमा ५ सय वटा नाम नखुलेको एम्फेटामिन ट्याब्लेट्स फेला परेको बताउनुभयो । निजलाई पूर्पक्षका लागि थुनामा राखिएको समते प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्